दफा १९
प्रतिबादी रहेको वा काम भएको जिल्ला अदालतलाई अधिकारक्षेत्र हुने

(१) दफा १८ मा लेखिएदेखि बाहेक अन्य मुद्दा प्रतिबादी रहेको वा काम भएको जिल्लाको जिल्ला अदालतमध्ये जुन जिल्लाअदालतमा फिरादपत्र दायर हुन आउँछ सोही अदालतलाई त्यस्तो मुद्दाको सुनुवाई, कारबाही र किनारा गर्ने अधिकारहुनेछ।स्पष्टीकरण: यस दफाको प्रयोजनको लागि “प्रतिबादी रहेको जिल्ला” भन्नालेप्रतिबादी बसोबास गरेको जिल्ला सम्झनु पर्छ र सो शब्दले कानूनी व्यक्तिको हकमा त्यस्तो व्यक्तिको प्रधानकार्यालय रहेको जिल्ला समेतलाई जनाउँछ ।
(२) बादी तथा प्रतिबादीले निजहरू बसोबास गरेको जिल्ला बाहेक अन्य जिल्लामा लेनदेन कारोबार गरेको भए त्यस्तोकारोबार गरेको वा बादी वा प्रतिबादी रहेको जिल्ला अदालतमध्ये जुन जिल्ला अदालतमा फिरादपत्र दायर हुन आउँछसोही अदालतलाई त्यस्तो मुद्दाको सुनुवाई, कारबाही र किनारा गर्ने अधिकार हुनेछ ।
(३) उपदफा (१) बमोजिमको अवस्थामा कुनै मुद्दामा दुई जनाभन्दा बढी प्रतिबादी भएमा सबैभन्दा बढी प्रतिबादी बसेकोजिल्लाको जिल्ला अदालतमा फिरादपत्र दायर गर्नु पर्नेछ।तर समान सङ्ख्याका प्रतिबादी एकभन्दा बढी जिल्लामा रहे बसेको भए त्यस्तो प्रतिबादी रहे बसेको जिल्लाकोकुनै जिल्ला अदालतमा मुद्दा दायर गर्न सकिनेछ ।